तातोपानी नाका असोज १८ बाट खुल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तातोपानी नाका असोज १८ बाट खुल्दै

tatopani

सिन्धुपाल्चोक, १३ असोज । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १८ गतेबाट खुल्ने भएको छ । आज दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १८ गतेबाट खोल्ने सहमति भएको हो ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्कीएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाबाट नै उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनु भयो ।

नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, शसस्त्रका प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए ।

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने भएको छ भने नेपालतर्फका मजदुर तथा चालकले ती सामान लोड गरेर ल्याउने सहमति भएको छ । जसका लागि नेपालका तर्फबाट चालक र मजदुर गरी २८ जनाको टोली पीसीआर गरेर तयारी अवस्थामा रहेका छन् । तर चिनियाँ पक्षले भने थप २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाव दिएको प्रमुख खत्रीले बताउनु भयो ।

खत्रीका अनुसार यसअघि जांच गरिएका सवै २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदुरको ५र ५ दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।

छलफलका क्रममा नेपालले चीनतर्फको कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न अनुरोध गरेको छ भने चिनियाँ पक्षले यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको पनि प्रमुख खत्रीले जानकारी दिनुभयो ।

तिब्ब्तको कुती नजिकैका ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अबरुद्ध भएको भन्दै एक महिना भन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन । चिनियां राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);