पोखरा रंगशाला निर्माण कार्य ८६ प्रतिशत पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरा रंगशाला निर्माण कार्य ८६ प्रतिशत पुरा

पोखरा, १३ असोज । निर्माणाधिन पोखरा रंगशाला निर्माणको भौतिक कार्यप्रगति ८६ प्रतिशत पुरा भएको छ । करिव १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । नेपाल कै ठुलो पोखरा रंगशाला माछापुच्छ«्रे हिमालको फेदमै निर्माण भइरहेको छ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उहाँको भनाई छ । अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेका छन् ।

अब रंगशालाको छत तथा बिजुली जडान गर्ने काम मात्रै बाँकी रहेको छ । रंगशालाको चारैतिरको पिच निर्माणधिन अवस्थामा छ भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु यही पोखरा रंगशालामा भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);