अल्ट्रा धाविका मीरा राईको सम्मानमा रंगशाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अल्ट्रा धाविका मीरा राईको सम्मानमा रंगशाला

mira rai

भोजपुर,  ११ साउन । भोजपुरको पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’ निर्माण सुरु भएको छ। अल्ट्रा धाविका राईको सम्मानमा निर्माणाधीन रंगशालाको कामले गति लिएको गाउँपालिकाले जनाएको छ। राई पौवादुङ्माकै सानोदुम्माकी हुन्। नेपाललाई विश्वमाझ चिनाएकी मीरा राईको योगदानको कदर गर्दै उनको सम्मान रंगशालाको निर्माणको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए। उनका अनुसार प्रदेश सरकार, गाउँपालिका र विभिन्न दातृ निकायको सहयोगमा रंगशाला निर्माणको काम धमाधम भइरहेको छ।

निर्माणाधीन रंगशाला अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को मापदण्ड अनुसारकै ९० मिटर लम्बाइ र ४५ मिटरको चौडाइ रहने गाउँपालिकाले जनाएको छ। करिब २६ रोपनी क्षेत्रफलमा बन्ने रंगशालाको माटो कटिङ, फिलिङ र पर्खाल निर्माणको काम सम्पन्न भएको छ। रंगशालाका लागि गाउँपालिकाको आर्थिक वर्ष २०७४÷७५ को क्रमागत योजनाअन्र्तगत विनियोजित ५५ लाख बजेट र प्रदेश सरकारको एक करोड ३५ लाख गरी करिब दुई करोड रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ।

अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन सकिने उक्त रंगशालाका लागि गाउँपालिकाले ५६ करोडको डीपीआर पनि तयार पारेको छ। करिब चार वर्षको समयावधिमा बनिसक्ने रंगशालामा १२ हजारदेखि १४ हजार क्षमताको प्यारापिट निर्माण हुनेछ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);