टी–२० विश्वकप छनोट : कुवेतले नेपाललाई दियो १४२ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

टी–२० विश्वकप छनोट : कुवेतले नेपाललाई दियो १४२ रनको लक्ष्य

nepal vs kuwait

काठमाडौं, ११ साउन । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत कुवेतसँगको खेलमा नेपालले १४२ रनको लक्ष्य पाएको छ । टस जितेर नेपालले फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गरेको कुवेतले ९ विकेटको क्षतिमा १४१ रन बनायो ।

कुवेतका मुहम्मद काशिफले ४९ रन बनाए । यस्तै एदनान इद्रीसले २५ तथा अस्लामले २३ रन बनाए । नेपालका नेपालका विदोन भण्डारी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । यस्तै करण केसीले दुई तथा अबिनाश बोहराले एक विकेट लिए ।

यो खेलमा नेपालको कप्तानी पारस खड्काले नै गरेका छन् । उनी चोटका कारण मलेसियासँगको खेलमा मैदानमा थिएनन् । एक खेलमा हार र एकमा जित सहित नेपाल विश्वकप छनौटको यात्रामा रहनका लागि बाँकी खेल जित्नु पर्ने अवस्थामा छ ।

पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);