विश्वकप छनोट खेल्ने नेपालको सपना जिवित, एक खेल जिते ओडिआई मान्यता कायमै रहने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

विश्वकप छनोट खेल्ने नेपालको सपना जिवित, एक खेल जिते ओडिआई मान्यता कायमै रहने

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) माथि रोमान्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो । २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रन बनाउँदा अलआउट हुनपग्यो । पीएनजीका नर्मन भानुआले ६० रन बनाए । साथै, टोनी उराले ५० रन बनाउँदा असाड भालाले ४२ रन बनाए ।

ब्याटिङमा आसिफ सेख र बलिङमा सन्दीप लामिछानेले शानदार प्रदर्शन गर्दा नेपालले पीएनजीलाई हराउन सफल भएको हो । नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । साथै, दिपेन्द्र सिंह ऐरीले २ विकेट लिदा कुशल मल्लले एक विकेट लिए ।

यस अघि नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए ।

यस जितसँगै अब नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न एक खेल जिते पुग्ने भएको छ । नेपाल शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना समेत कायमै रहेको छ ।

३३ खेलमा ३४ अंक बटुली पाँचौं स्थानमा रहेको नेपालले बाँकी रहेको तीन खेलमा तीन जित निकाले विश्वकप छनोटमा सोझैं पुग्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);