पीएनजी विरुद्ध नेपालको जीत | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पीएनजी विरुद्ध नेपालको जीत

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

मंगलबार ओमानको मस्कटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेट  गुमाउँदै भेट्टायो । 

नेपालको जितमा रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । यस्तै आसिफ शेखले ३०, सोमपाल कामी २२ र कुशल भुर्तेलले १५ रन बनाए । 

पपुवा न्युगिनीका गौदी टोकाले सर्वाधिक ३ विकेट लिए भने डामियन रभु र चाद सोपुरले समान २-२ विकेट लिए । नोसाइना पोकनाले एक विकेट लिए  । 

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो । २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गरे ।

यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो । ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए । 

नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । 

यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रनमा समेटिएको थियो ।

पीएनजीलाई सस्तो रनमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । डेब्यु विक्रम सोब र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए भने एक खेलाडी रन आउट भएका थिए ।

पपुवा न्युगिनीका लेगा सियकाले ३८ बलमा ३० रन बनाए । कार्लेस अमिनीले २३ र गाउदी टोकाले २२ रन बनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);