१५ रनमै कुशल भुर्तेल आउट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१५ रनमै कुशल भुर्तेल आउट

काठमाडाैँ ।  पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले पहिलो विकेट गुमाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको टार्गेट पाएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४६ रनमा पहिलो विकेट गुमाएको हो । 

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको छ । २८ बलमा २ चौका प्रहार गरेका कुशललाइ चाद सुपरले एलबिडब्लु आउट गरे । 

नेपालको तेस्रो ब्याटिङका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आएका छन् । यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो । 

पिएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाए । उनले ३८ बलमा सो रन बनाएका थिए । यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन बनाए । चाड सोपरले १७ रन बनाउँदा विकेट किपरसमेत रहेका किल्पिन डोरिगाले १४ रन बनाए भने सेसे बाउले १४ रन जोडेका थिए । 

पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । यस्तै कुशल मल्ल र डेब्यु खेलाडी बिक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने एक रन आउट भएका थिए । 

१० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चेका थिए । यस्तै डेब्यु गरेका तीव्र गतिका बलर बिक्रम सोबले ५ ओभर बलिङ गर्दा २० रन खर्चेर १ मेडन सहित २ विकेट लिए ।  यता, कुशल मल्लले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन खर्चिदा १ मेडन राखे । ७ ओभर बलिङ गरेका सोमपालले ३७  रन खर्चेर १ विकेट लिएका थिए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);