उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्‍याे ।

नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे । नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुँदा दिलीप नाथ र आरिफ शेख डकआउट भएका थिए । यसबाहेक आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे ।

नेपालले लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीनमा हार र एक खेलमा जितसहित फाइनलमा स्थान बनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);