मलेसियालाई १९ रनले पराजित गर्दै नेपालको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मलेसियालाई १९ रनले पराजित गर्दै नेपालको पहिलो जित

cricket

काठमाडौं, १६ भदौ । एसिया कप छनोट क्रिकेट प्रतियोगितमा नेपालले आज पहिलो जित हात पारेको छ । लगातार दुई खेलमा हार व्यहोरेको नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेर जित हात पारेको छ ।

नेपालले मलेसियालाई एक सय ८९ रनको लक्ष्य दिएको थियो । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३० ओभरमा झारीएको खेलमा एक सय ८८ रन बनाएको थियो । मलेसियाले निर्धारित ३० ओभरको खेलमा ९ विकेट गुमाएर १६९ रन बनायो ।

नेपालले १८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । ओपनर सुवास खकुरेल ९ रनमा आउट भए । त्यसपछि ३८ रन बनाउँदा नेपालले अर्को विकेट खेर फालेको थियाे ।

यसपटक ज्ञानेन्द्र मल्ल ११ रनमा पेभेलियन फर्किए । एकपछि अर्को विकेट गुमाएको नेपालका कप्तान पारस खड्का १३ रनमा आउट हुँदा नेपालले ५६ रनमा तेस्रो विकेट गुमायो ।

कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ५४ रन बनाए । तर नेपालको स्कोर एक सय ६१ रन हुँदा लगातार दुई विकेट गुमायो ।

आरिफ शेखले नेपालका लागि उत्कृष्ट ब्याटिङ गरे । दिपेन्द्रसंग एक सय एक रनको साझेदारी गरेका आरिफले अविजीत ६४ रन बनाए । एसिया कप छनोटका सुरुका दुई खेलमा लगातार पराजित भएको नेपाल आजको खेल जित्नै पर्ने दबावमा थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);