एक दिवसीय क्रिकेटमा नेपालको एतिहासिक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एक दिवसीय क्रिकेटमा नेपालको एतिहासिक जित

nepal cricket team

काठमाडौं, १९ साउन । नेपालले आफ्नो पहिलो एक दिवसीय क्रिकेट श्रृंखला बराबरी गरेको छ । नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा भएको एक दिवसीय श्र्रृंखला बराबरीमा टुंगिएको हो ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्याण्डलाई एक रनले पराजित ग¥यो । नेपालको यो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा पहिलो जित हो ।

२१६ रनको योगफल रक्षा गर्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपछि नेदरल्याण्डलाई २१५ रनमा रोक्न सफल भयो । अन्तिम दुई ओभरमा दिपेन्द्र सिंह ऐरी र पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि रोमाञ्चक खेलमा नेपाल विजयी भएको थियो ।

अन्तिम १२ बलमा नेदरल्याण्डलाई जितका लागि नौ रनको आवश्यकता थियो । तर ४९औं ओभर बलिङ गरेका दिपेन्द्रले तीन रन दिए । अन्तिम बलमा नेदरल्याण्डलाई दुई रनको आवश्यकता थियो । तर, अन्तिम बलमा पारसले फ्रेड क्लासेनलाई आउट गरेपछि नेपालले पहिलो जित हात पारेको हो ।

ब्याटिङतर्फ सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको बलियो योगफल तयार पारेको थियो । पहिला ब्याटिङ गर्ने क्रममा नेपालका लागि आठौं नम्बरमा ब्याटिङमा आएका अलराउण्डर सोमपाल कामीले उद्दार गरेका थिए । ८८ रन बनाउँदा ५ विकेट गुमाएको नेपाललाई पारस खड्का र सोमपाल कामीले प्रहार गरेको अर्धसतकले सम्मानजनक स्कोरमा पुर्याएको हो ।

सोमपालले ४६ बलमा ६१ रन बनाए । आठौं नम्बरमा क्रिजमा आएका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्काले ५१ रनको अर्धसतकिय पारी खेले । पारसले २ छक्का तथा ६ चौका प्रहार गरेका थिए ।

नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा सन्दीप लामिछानेले ३, पारस खड्का र ललित भण्डारी २–२ विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);