नेपालले दियो नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालले दियो नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य

काठमाडौं, १८ साउन । एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्डसामु २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेदरल्याण्डको एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए ।

उनले तीन छक्का र पाँच चैका प्रहार गरे । त्यस्तै कप्तान पारस खड्काले दुई छक्का र चार चौका प्रहर गर्दै ५१ रन बनाए । सुवास खकुरेल र दिपेन्द्रसिंह ऐरीले १९/१९ रन बनाए । ज्ञानेन्द्र मल्ल १३ रन जोड्दै पेभिलियन फर्कीए भने आरिफ शेखले १६ रन बनाए ।

नेरदल्याण्डका लागि फ्रेड क्लासीनले ३ विकेट लिए । त्यस्तै पिटर सिलारले र माइकल रिप्पोन २/२ विकेट लिँदा पाउल भान मिकेरनले १ विकेट लिए ।

बुधबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । पहिलो खेलमा हार बेहोरेपछि अंक बराबर गर्न पनि नेपाल दोस्रो खेल जित्नैपर्ने दबाबमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);