त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमनसँग नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमनसँग नेपाल पराजित

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरेका थिए । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए ।

यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८ रन बनाए । सोइब खान ७ रनमा आउट हुँदा कप्तान जिसन मक्सुद ४ रनमा आउट भए । मोहमद नदीम ३८ रनमा अविजित रहदा सन्दीप गउड सुन्य रनमा अविजित रहे । नेपालका करण केसी र कुशल मल्लले २/२ विकेट लिए भने सुशन भारीको नाममा १ विकेट रह्यो यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्स खेले। ।उनले १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । आसिफको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक समेत हो। उनी एकदिवसीय अन्तराष्ट्रिय सर्वाधिक उच्च रन बनाउने ओपनर ब्याट्सम्यान समेत बनेका छन् । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१/२१ रन जोडे। रोहित पौडेल २० रनमा आउट हुँदा सन्दिप लामिछाने १६ रनमा आउट भए ।

सोमपाल कामी ७ रन, विनोद भण्डारी ६ रन, कुशल मल्ल ४ रन र बिक्रम सोब २ रनमा आउट भए । ओपनर कुशल भुर्तेल सुन्य रनमा पेभेलियन फर्किए ।ओमानका बिलाल खान एक्लैले ४७ रन खर्चिएर ४ विकेट लिए। नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १/१ विकेट लिए।

यससँगै ओमानविरुद्ध नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। लिग–२ अन्तर्गत नै सन् २०२० को फेब्रुअरीमा नेपाल घरेलु मैदानमा ओमानसँग दुई खेलमा पराजित भएको थियो ।जारी सिरिजको पहिलो खेलमा भने नेपालले अमेरिकालाई हराएको थियो।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । त्यस्तै ओमानसँग आगामी आइतबार खेल्नेछ । लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);