म्युनिखसँग बार्सिलोना ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

म्युनिखसँग बार्सिलोना ३–० गोल अन्तरले पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले सहज जित निकालेको छ ।

मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिखले सहज सजत निकालेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे ।

खेलमा अग्रता बायर्नले ३४ औं मिनेटमा मुलरको गोलबाट लिएको थियो । दोस्रो हाफमा दुई गोल लेवान्डोस्कीले गरे । उनले ५६ औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन एक मिनेट अघि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को शानदार जित दिलाए ।

लियोनल मेस्सीबिना पहिलो पटक मैदान उत्रिएको बार्सिलोनाले स्तब्धपुर्ण नतिजा ब्यहोरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);