बायर्नसँग ३–२ गोल अन्तरले डर्टमण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बायर्नसँग ३–२ गोल अन्तरले डर्टमण्ड पराजित

एजेन्सी, २३ कार्तिक । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति डर्टमण्डको मैदानमा भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन डेभिड अल्बा, रोबर्ट लेवान्डोस्की र लोरी सानेले एक एक गोल गरे । डर्टमण्डका मार्को रिउस र अर्लिङ हालाण्डले एक एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने डर्टमण्डले बनाएको थियो । खेलको ४५ औं मिनेटमा रिउसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा बायर्नका अल्बाले गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।

खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । ८० औं मिनेटमा सानेले गोल गर्दा बायर्नको अग्रता ३–१ को बन्यो । त्यसपछि खेलको ८३ औं मिनेटमा हालाण्डले एक गोल फर्काएपनि बायर्न ३–२ ले विजयी भयो ।

जितसँगै बायर्नले शीर्ष स्थान यथावत राख्दै ७ खेलमा १८ अंक जोडेको छ भने डर्टमण्ड ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);