बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले उचाल्यो

bayern champions

एजेन्सी, १४ असार । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले उचालेको छ । शनिबार भएको सिजनको अन्तिम खेलमा बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा कोम्यानको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ३७ औं मिनेटमा माइकलले गोल गर्दा पहिलो हाफमा बायर्न २–० ले अघि रह्यो ।

खेलको ७१ औं मिनेटमा पेनाल्टी मार्फत लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए ।

जीतसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ । बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो । उपाधि जित्ने क्रममा बायर्नले यस सिजन ३४ खेलबाट ८२ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);