बायर्नद्धारा फ्राइबर्ग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बायर्नद्धारा फ्राइबर्ग पराजित

एजेन्सी, ७ असार । शनिबार राति भएको खेलमा बायर्नले फ्राइबर्गलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे ।

यस्तै जोसुवा किमिचले एक गोल गरे । फ्राइबर्गका लुकास होइलरले एक गोल फर्काए । दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नले खेलको १५ औं मिनेटमा किमिचको गोलबाट अग्रता बनाएको थियो । खेलको २४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए ।

३३ औं मिनेटमा लुकासले गोल गर्दै फ्राइबर्गलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ३७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–१ को सहज जित दिलाए । जितसँगै बायर्नले ३३ खेलबाट ७९ अंक जोडेको छ । बायर्नको यो लगातार १५ औं जित हो । बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १० अंकले अघि रहेको छ। ४५ अंक जोडेको फ्राइबर्ग आठौं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);