बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

एजेन्सी, ४ भाद्र । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति पोर्चुगलको स्टाडियो जोसे अल्भालाडे रंगशालामा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै बायर्न फाइनलमा प्रवेश गरेको हो ।

बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे । खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए । खेलमा लियोनले समेत गोलको केहि अवसर पाएको थियो । तर, दुबै हाफमा पाएको अवसरलाई लियोनले सदुपयोग गर्न सकेनन् । अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ ।

पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३–० ले हराएर उपाधि नजिक पुगिसकेको छ । बायर्न र पीएसजीबीचको फाइनल खेल अगस्ट २४ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);