म्युनिखसँग २–१ गोल अन्तरले फ्रान्कफर्ट पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

म्युनिखसँग २–१ गोल अन्तरले फ्रान्कफर्ट पराजित

एजेन्सी, २९ जेठ । बायर्न म्युनिख जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । बायर्नले आइनट्राख्ट फ्रान्कफर्टलाई २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

बायर्नको जितमा रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले एक एक गोल गरे । फ्रान्कफर्टका ड्यानी डि कोस्टाले सान्त्वना गोल फर्काए । खेलको १४औं मिनेटमा पेरिसिसको गोलबाट बायर्नले १–० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० ले अगाडि रहेको बार्यन बिरुद्ध ६९औं मिनेटमा फ्रान्कफर्टका ड्यानी डि कोस्टाले बराबरी गोल फर्काए । तर ७४ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए ।

उनले जोसुवा किम्मिचको पासमा गोल गरेका थिए । अब बायर्नले उपाधिका लागि ४ जुलाईमा बुन्डेस लिगा प्रतिद्धन्द्धी बायर लिभरकुसनको सामना गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);