ला लिगा : ग्रानाडासँग गेटाफे पराजित, भ्यालेन्सिया र लेभान्ते बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

ला लिगा : ग्रानाडासँग गेटाफे पराजित, भ्यालेन्सिया र लेभान्ते बराबरीमा

granada vs getafe

एजेन्सी, ३१ जेठ । स्पेनिस ला लिगा फुटबलमा ग्रानाडाले गेटाफेलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली ग्रानाडाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा अग्रता गेटाफेले २० औं मिनेटमा डेबिड टिमोरको गोलबाट लिएको थियो । ७० औ मिनेटमा जेनीले आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो । कार्लोस फर्नान्डिज ईक्कीसले ७९ औ मिनेटमा गोल गर्दै ग्रानाडाको जित सुनिश्चत गरेका थिए ।

हारसँगै गेटाफेले ला लिगाको शीर्ष चारभित्र उक्लिने मौका गुमायो । ग्रानाडा ४१ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा भ्यालेन्सिया र लेभान्तेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडका छन् । खेल सकिन एक मिनेट अघि राड्रिगोले घरेलु टोली भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा मिलिरोले पेनाल्टीमा गोल गर्दै लेभान्तेलाई अंक जोड्न सफल रहे । भ्यालेन्सिया ४२ अंक जोड्दै तालिकाको सातौं स्थानमा यथावत रह्यो । लेभान्तेले ३३ अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ ।

ताजा समाचार