रियल म्याड्रिड पच्छ्याउँदै बार्सिलोना, मेस्सीले देखाए जादु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रियल म्याड्रिड पच्छ्याउँदै बार्सिलोना, मेस्सीले देखाए जादु

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा भ्यालेन्सिया ४–२ ले पराजित, जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दूरी दुईमा झार्यो

रियल म्याड्रिड पच्छ्याउँदै बार्सिलोना

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा लिडर रियल मड्रिडसँगको अंक दूरी दुईमा झारेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भ्यालेन्सियामाथि ४–२ को प्रभावशाली जित निकाल्यो । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज र आन्द्रे गोमेजले एक एक गोल गरे ।

भ्यालेन्सियाका लागि एलियाक्विम मंगला र मुनिर एल–हाड्डीले एक एक गोल गरे । २९ औं मिनेटमा मंगलाले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाति अग्रता दिलाए । ३५ औं मिनेटमा स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

४४ औं मिनेटमा मंगला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो । त्यसपछि ४५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

तर पहिलो हाफको इन्जुरी समयमा एल–हाड्डीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा २–२ को बराबरी भएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल ग¥यो ।

५२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लियो खेलमा मेस्सीले जादुमयी खेल देखाएका थिए ।

८९ औं मिनेटमा गोमेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ६५ अंक छ । २८ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया भने चौधौं स्थानमा छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);