इपिएलमा सिटीलाई रोक्यो लिभरपुलले | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

इपिएलमा सिटीलाई रोक्यो लिभरपुलले

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई लिभरपुलले १–१ को बराबरीमा रोक्यो, बराबरीसँगै सिटीले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो

इपिएलमा सिटीलाई रोक्यो लिभरपुलले

काठमाडौं । म्यानचेस्टर सिटी र लिभरपुल इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा बराबरीमा रोकिएका छन् ।

आइतबार राति भएको खेलमा दुवै टोलि हारबाट जोगिए पनि जित भने निकाल्न सकेनन् । सिटीको मैदानमा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी मार्फत लिभरपुलका लागि गोल गरे । ६९ औं मिनेटमा सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए ।

अग्युरोले इतिहाद रंगशालामा भएको लिभरपुलसँगका पछिल्ला पाँच प्रिमियर लिग खेलमा गोल गरेका छन् ।

बराबरीपछि म्यानचेस्टर सिटीले दोस्रो स्थानको टोटनह्यामसँग अंक बराबरी गर्ने मौका गुमायो । यस्तै लिभरपुलले सिटीलाई पछि पार्ने अवसर खेर फाल्यो । तेस्रो स्थानको सिटीको २८ खेलबाट ५७ अंक भएको छ ।

एक खेल बढी खेलेको लिभरपुल ५६ अंकसहित चौथो स्थानमा छ । त्यसअघि आइतबार बेलुका भएको खेलमा मिडल्सबर्गलाई ३–१ ले हराएको म्यानचेस्टर युनाइटेड २७ खेलबाट ५२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।

 

Leave a Reply