इंग्लिस प्रिमियर लिग : वेष्टह्याम युनाइटेडसँग लिभरपुल बराबरी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

इंग्लिस प्रिमियर लिग : वेष्टह्याम युनाइटेडसँग लिभरपुल बराबरी

liverpool

काठमाडौं, २२ माघ । इंग्लिस प्रिमियर लिग फुटबलको १२ औं स्थानको वेष्टह्याम युनाइटेडसँग लिभरपुल बराबरीमा रोकिएको छ ।

उपाधि होडमा सबैभन्दा अघि रहेको लिभरपुल सोमबारराति लिग अन्तर्गत वेष्ट ह्यामको घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएको हो । यो बराबरीले उपाधि भिडन्त रोमाञ्चक हुने देखिएको छ । खेलमा सुरूवाति अग्रता जोगाउन नसक्दा लिभरपुलले तालिकामा अग्रता बढाउने मौका गुमायो । खेलको २२ औं मिनेटमा साडिओ मानेले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए । तर, त्यसको ६ मिनेटपछि एन्टोनिओले वेष्टह्यामका लागि गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसक्दा दुबैले अंक बाँडेका थिए ।

यो बराबरीसँगै उपाधि होडमा रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटी र तेस्रो स्थानको टोटनह्यामको सम्भावना बढेको छ ।यो सँगै शीर्षस्थानको लिभरपुलको २५ खेलबाट ६२ अंक भएको छ भने समान खेलबाट दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५९ अंक र तेस्रो स्थानको टोटनह्यामको ५७ अंक छ । ५० अंकसहित चेल्सी चौथो र ४८ अंकसहित म्यान्चेष्टर युनाइटेड पाँचौ स्थानमा छ ।