टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला जितेका क्रिकेट टोलीलाई जनही ५ लाखसहित सम्मान गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला जितेका क्रिकेट टोलीलाई जनही ५ लाखसहित सम्मान गरिने

nepal

काठमाडौं, २२ माघ । सरकारले घरेलु टोली संयुक्त अरब ईमिरेट्स विरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिईरहेको पनि स्पष्ट पारे ।

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा आभार समेत व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);