क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

मदन भण्डारी स्पोर्टस एकेडेमीले  जनही १ लाख पुरस्कार दिने –

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्व क्रिकेट लिग डभिजन २ मा उत्कृष्ट प्रदर्शन गरी विश्वकपमा छनोट हुन सफल भएको भन्दै नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई जनही ३ लाख पुरस्कारको घोषणा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट जनही ३ लाख प्रोत्साहन स्वरुप प्रदान गरिने बताए । एकदिवशीय विश्वकप छनोटका लागि जिम्बाबे जानुअघि नै खेलाडीले घोषित पुरस्कार पाउने प्रधानमन्त्री ओलीले बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले  जनही १ लाख पुरस्कार दिने 

साथै मदन भण्डारी स्पोर्टस एकेडेमीले पनि नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही १ लाख पुरस्कार दिने घोषणा प्रधानमन्त्रीमार्फत सोही कार्यक्रममा गरेको छ ।

सम्मान कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट विवाद समाधान गरी आईसीसीको निलम्बन फुकुवा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरे । कप्तान पारसले आगामी जुनमा हुने आईसीसीको बैठकमा नेपाली क्रिकेटको भविश्य निर्धारण गर्ने भएकाले त्यसअघि नै विवाद समाधान गरी निलम्वन फुकुवाका लागि बाटो खुकुलो बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

जवाफमा प्रधानमन्त्री ओलीले क्रिकेट विवाद समाधानका लागि सरकार र मन्त्रालयले यथासक्य पहल गर्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार खेलमा राजनीति हुनुहुन्न भन्ने मान्यतामा रहेको भन्दै मुलुक आर्थिक सम्बृद्धिको दिशामा अघि बढेकाले खेलकुदमा पनि सम्बृद्धिका लागि काम गर्ने बताए ।

डिभिजन २ को उपविजेता नेपाली टोलीलाई सरकारले गरेको सम्मान कार्यक्रममा अधिकांश खेलाडी उपस्थित थिएनन् । प्रतियोगिताबाट फर्किएपछि तीन दिन आरामका लागि समय दिएका कारण खेलाडीहरु घर गएकाले सम्मान कार्यक्रममा ५ खेलाडी र तीन अफिसियलमात्र उपस्थित थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);