जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ७ फागुन । दुई सातापछि जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

आइसीसी प्रतिनिधि अनिमुल इस्लामले प्रशिक्षक जगत टमाटा र कप्तान पारससँग परामर्श गरेर १५ नियमितका अलावा ४ बैकल्पिक खेलाडीको सूची सार्वजनिक गरेका हुन् । राष्ट्रिय टोलीमा स्पिनर ललित नारायण राजवंशीले पहिलोपटक स्थान पाएका छन् । ललित यसअघि डिभिजन टु मा वैकल्पिक खेलाडी थिए । टोलीमा उप–कप्तान ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन र अनिलकुमार साह परेका छन् ।

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी भने वैकल्पिक खेलाडीको रुपमा टोलीमा परेका छन् । विनोदका अलावा सुनील धमला, किशोर महतो र सिद्धान्त लोहनी पनि वैकल्पिक खलाडीको सूचिमा छन् । विश्वकप छनोट प्रतियोगीतामा समूह बीमा रहेको नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबे, २४ गते स्कटल्याण्ड, २६ गते अफगानिस्तान र २८ गते हङकङसँग खेल्नेछ । छनोटको विजेता र उपविजेता दुई टोली सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटमा छनोट हुने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);