टी–ट्वेन्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टी–ट्वेन्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, १ साउन । इंग्ल्याण्डको लड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मंगलबार पारस खड्काको कप्तानीमा ४ वैकल्पिक सहित १५ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ । एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले नेपाली टोलीको छनोट गरेको हो । नेपालले क्लोज क्याम्पमा रहेका २० खेलाडीबाट अन्तिम छनोट गरेको प्रशिक्षक टमाटाले बताए ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीको रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला रहेका छन् । नेपाली टोली बिहिबार लन्डन प्रस्थान गर्ने छन् । नेपालले एकदिवसीय क्रिकेटको डेब्यु खेल भने नेदरल्याण्डसँग खेल्दैछ । नेपालले अगस्ट १ र ३ मा घरेलु टोलीविरुद्ध एमस्ट्राडममा दुई एकदिवसीय खेल खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);