त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडाैं । घरेलु मैदानमा शनिबारदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा बुधबार १४ सदस्य टोलीको घोषणा गरेको हो ।

नेपालले वैशाख ४ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्ससँग टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोलीको उपकप्तानमा दीपेन्द्रसिह ऐरी चुनिएका छन् ।

टोलीमा पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहेका छन् । यस्तै अविनाश बोहोरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी, सुशन भारी रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);