ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ ।

शनिबार क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा तीव्र गतिका युवा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका छन् ।

सिरिजका लागि नेपाली टिम मंगलबार ओमान प्रस्थान गर्ने छन् ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशान भारी, शरद भेषावकर, विक्रम सोब ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);