विश्वकप क्रिकेट लिग–टूः क्यानले घोषणा गर्यो सन्दीप सहितको १४ सदस्यीय टिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप क्रिकेट लिग–टूः क्यानले घोषणा गर्यो सन्दीप सहितको १४ सदस्यीय टिम

sandeep 100 wicekt

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ ।

क्यानले बिहीबार १४ सदस्यीय टिमको घोषणा गरेको हो । रोहित कुमार पौडेलको कप्तानीमा रहने टिममा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आसिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसि, ललित राजवंशी, सन्दीप लामिछाने गुल्शन झाँ, सूर्य तामाङ, सन्दीप जोरा, र भिम सार्कीले रहेका छन् ।

क्यानले घोषणा गरेको टिममा नाबालिग बलात्कारको आरोपको मुद्दा खेपिरहेका पूर्व कप्तान सन्दीप लामिछाने पनि सभावेश रहेका छन् ।

पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

सन्दीपविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);