सन्दीपको आजदेखि क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दीपको आजदेखि क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

sandeep

काठमाडौं, २० माघ । नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा रहने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तानसमेत रहेका लामिछानेलाई समेट्दै टिम घोषणा गरेपछि उनी आजदेखि बन्द प्रशिक्षणमा रहने भएका हुन् ।

क्यानले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना हटाएर र सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरेको हो । २० लाख रुपैयाँ बुझाएर धरौटीमा रिहा भएका लामिछानेलाई बिहीबारदेखि नै होटलमा राखिएको छ । आज फिटनेस ट्रेनर, फिजियो र प्रशिक्षकले सन्दीपको अवस्था हेर्ने तय भएको छ ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

दोस्रो चरणमा सन्दीप र प्रतिशसँगै कप्तान रोहित पौडेल,कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल, कुशल मल्ल,आरिफ शेख,दीपेन्द्र सिंह ऐरी,गुलशन झा,करण केसी,ललित नारायण राजवंशी,सन्दीप जोरा,भिम सार्की,कमल सिंह ऐरी,किशोर महतो,मौषम ढकाल,सूर्य तामाङ,सोमपाल कामी,अर्जुन साउद छन् ।

शरद भेषावकर,विनोद भण्डारी,सिद्धान्त लोहनी,अभिनाश बोहरा,विवेक यादव,अनिल साह,विक्रम सोब,भुवन कार्की,अंकित सुवेदी र सागर ढकाल भने बाहिरिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);