१८ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

१८ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा

nepali cricket

काठमाडौं, ३ असोज । आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिताका लागि नेपालले १८ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको छ ।

कप्तान पारस खड्का, आईसीसीका प्रतिनिधि अनिमुल इश्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले प्रारम्भीक टिमको घोषणा गरेको हो । टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् ।

यसैगरी अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, करन केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, सरद भेषावकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।

हालै एसिया कप खेलेका सुवास खकुरेल र रोहितकुमार पौडेल यस पटक टिममा अटाएनन् भने सरद र दिपेशले टिममा पुनरागमन गरेका छन् । मलेसियामा हुने छनौट प्रतियोगितामा नेपाल समूह बी मा छ ।

नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भुटान, सिंगापुर र मलेसिया रहेका छन् । दुई सातापछि मलेसियामा सुरु हुने प्रतियोगिताका लागि घोषणा गरिएका १८ सदस्यीय टोली बिहीबारदेखि बन्द प्रशिक्षणमा रहने छ ।