सागमा पदकको लक्ष्यका साथ नेपाली क्रिकेट टोली तयारीमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

सागमा पदकको लक्ष्यका साथ नेपाली क्रिकेट टोली तयारीमा

nepali cricket

काठमाडौं, ८ मंसिर । दक्षिण एसियाली खेलकुद सागमा पदको लक्ष्यका साथ नेपाली क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त रहेको छ । बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपबाट फर्किएको केहि दिनमा नै नेपाली टिमले तयारी सुरु गरेको हो ।

साग क्रिकेटमा भारत र पाकिस्तानले सहभागिता नजनाउने भएपछि पाँच टिमकोमात्र सहभागिता रहनेछ । खेल राउण्ड रोविन लिगका आधारमा संचालन हुनेछ । प्रतियोगितामा टेस्ट मान्यता प्राप्त श्रीलंका र पाकिस्तान नेपालका लागि बलियो प्रतिद्वन्द्वी हुने पूर्व कप्तान तथा अलराउण्डर पारस खड्काले बताए । घरेलु मैदानमा नेपालले राम्रो प्रदर्शन गर्ने पारस खड्काको विश्वास छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिमको घोषणा भइसकेको छ । नेपाली टिममा ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान । युवा खेलाडीले पनि साग खेल्नका लागि आफू उत्साहित भएको बताएका छन् ।

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । सागका लागि टिममा पारस खड्का र सन्दिप लामिछानेपनि रहेका छन् । टी १० क्रिकेट खेलेर फर्किएका पारस प्रशिक्षणमा जोडिएका छन् ।

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि