बंगलादेशविरुद्धको दोश्रो टेष्टमा भारतको जीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बंगलादेशविरुद्धको दोश्रो टेष्टमा भारतको जीत

india vs bangladesh

एजेन्सी, ८ मंसिर । घरेलु टिम भारतले बंगलादेशविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा एक इनिङ्स र ४६ रनको जित निकालेको छ । भारतको कोलकत्तामा आइतबार भएको दोस्रो इनिङ्समा बंगलादेशले १ सय ९५ रन जोडेर अलआउट भएपछि भारतले एक इनिङ्समै जित निकालेको हो ।

योसँगै भारत लगातार चार टेष्ट खेलमा एक इनिङ्समा जित निकाल्ने पहिलो टिम बनेको छ । बंगलादेशलाई सस्तैमा समेट्न भारतका उमेश यादवले ५ विकेट लिए । यस्तै इशान्त शर्माले ४ विकेट लिए ।

यस अघि पहिलो इनिङ्समा बंगलादेशले १ सय ६ रन बनाएको थियो । बंगलादेशका लागि शादमन इस्लामले २९ रन बनाए । यस्तै रिटायर्ट हर्ट भएका लिटोन दासले २४ तथा नायम हसनले १९ रन जोडे । भारतका इशान्त शर्माले ५ तथा उमेश यादवले ३ विकेट लिए ।

पहिलो इनिङ्समा बंगलादेशलाई सस्तैमा अलआउट गरेको भारतले आफ्नो इनिङ्समा ३ सय ४७ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १ सय ३६ रनको शतकीय इनिङ्स खेलेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);