घरेलु टिम जिम्बावेविरुद्धको दुई खेलको टेस्ट सिरिज पाकिस्तानलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

घरेलु टिम जिम्बावेविरुद्धको दुई खेलको टेस्ट सिरिज पाकिस्तानलाई

एजेन्सी ।  पाकिस्तानले घरेलु टिम जिम्बावेविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।

सोमबार हरारेमा भएको दोस्रो तथा अन्तिम टेस्टमा जिम्बावेलाई एक इनिङ्स १ सय ४७ रनले हराउँदै पाकिस्तानले सिरिज २–० ले आफ्नो बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ५ सय १० रन बनाएको थियो । पाकिस्तानका अबिद अलीले अविजित रहदै २ सय १५ रनको दोहोरो शतकीय इनिङ्स खेले ।

यस्तै अजहर अलीले १ सय २६ रनको शतकीय इनिङ्स खेल्दा नुमन अलीले ९७ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिए । जिम्बावे पहिलो इनिङ्समा १ सय ३२ रन जोड्दा अलआउट भएपछि फलो अनमा परेको थियो ।

फलो अनमा परेपछि दोस्रो इनिङ्स थालेको जिम्बावे २ सय ३१ रनमा अलआउट भएपछि पाकिस्तान एकै इनिङ्समा विजयी भएको हो । पहिलो टेस्टमा पनि पाकिस्तानले एक इनिङ्स १ सय १६ रनको जित निकालेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);