एकदिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डलाई | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

एकदिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डलाई

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज हात पारेको छ ।

मंगलबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज ३–० ले जितेको हो । पाकिस्तानले दिएको ३ सय ३२ रनको फराकिलो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा ग-याे ।

इंग्ल्यान्डको जितमा जेम्स भिन्सले शतकीय इनिङ्स खेले । पहिलो शतक बनाएका उनले १ सय २ रन बनाए । यस्तै लेविस ग्रेग्रोरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा जाक क्रलीले ३९ रन बनाए । फिल साल्टले ३७ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिए । शादब खानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५८, मोहमद रिजवानले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा इमाम उल हकले ५६ रन बनाए । इंग्ल्यान्डका ब्रेडन कार्सेले ५ तथा सकिब मोहमुदले ३ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);