टी–ट्वान्टी सिरिजमा इंग्ल्यान्डकाे जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टी–ट्वान्टी सिरिजमा इंग्ल्यान्डकाे जित

एजेन्सी । पाकिस्तानविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज इंग्ल्यान्डले जितेको छ ।

मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ३ विकेटको जित निकाल्दै इंग्ल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा बनाएको हो । पाकिस्तानले दिएको १ सय ५५ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डका लागि जासन रोयले ६४, डाविड मालनले ३१ रन जोड्दा जोस बट्लर र कप्तान इयान मोर्गनले समान २१ रन बनाए । पाकिस्तानका मोहमद हाफिजले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

जसमा मोहमद रिजवानले अविजित ७६ र फखर जमानले २४ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);