भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डको जित

एजेन्सी, ४ चैत । घरेलु टिम भारतविरुद्धको तेस्रो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । मंगलबार राति अहमदाबादमा भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित रहदै ४० रन बनाए । डेविड मालेन १८ रनमा आउट हुँदा जोसन रोयलले ९ रन बनाए । भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै ७७ रन बनाए ।

यस्तै ऋषव पन्तले २५ रन जोड्दा हार्दिक पाण्डयले १७ रन बनाए । रोहित शर्मा १५ रनमा आउट भए । इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए भने क्रिस जोर्डनको नाममा २ विकेट रह्यो ।

जितसँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);