टी–२० वरीयतामा नेपाल १५ औं स्थानमा यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टी–२० वरीयतामा नेपाल १५ औं स्थानमा यथावत

काठमाडौं, ४ चैत। अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टी–ट्वान्टी वरीयतामा नेपाल १५ औं स्थानमा रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ ।

खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७० औं स्थानमा यथावत रहेका छन् ।यस्तै नेपालका सन्दीप लामिछाने बलिङतर्फ ८३ औं स्थानमा रहेका छन् । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।

भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौंथो र न्युजिल्याण्ड पाँचौ स्थानमा रहेका छन्। टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);