एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत

ACC cricket

काठमाडौं, २७ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ विश्व क्रिकेटको वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुवैमा यथावत रहेको हो ।

एकदिवसीय क्रिकेटमा नेपाल अघिल्लो पटककै १६ औं स्थानमा रहेको छ । नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् । एकदिवसीयमा इंग्ल्यान्ड पहिलो , भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।

यसैगरी टी–ट्वान्टी क्रिकेटमा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले २७ खेलमा १ सय ८५ रेटिङ अंक पाएको छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);