आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले अपडेट गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरीयतामा पनि नेपाल १३ औं स्थानमा रहेको छ ।

एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेका छन् । वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा भारत रहेका छन् ।

चौंथोमा इंग्ल्यान्ड र पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेका छन् । घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन ।

ओमान र अमेरिकासँग भएको सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो । नेपाल ओमानसँगको दुई खेलमा पराजित हुँदा अमेरिकासँगको दुई खेलमा विजयी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);