आईसीसी टी–२० वरीयतामा नेपाल यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईसीसी टी–२० वरीयतामा नेपाल यथावत

काठमाडौं, ११ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);