इंग्ल्याण्ड विश्व टेष्ट क्रिकेट च्याम्पियनसिपको तेस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इंग्ल्याण्ड विश्व टेष्ट क्रिकेट च्याम्पियनसिपको तेस्रो स्थानमा

भारत पहिलो र अष्ट्रेलीया दोस्रो स्थानमा यथावत

एजेन्सी, १० भदौ । इंग्ल्याण्ड विश्व टेष्ट क्रिकेट च्याम्पियनसिपको तेस्रो स्थानमा पुगेको छ । पाकिस्तानसँगको तीन टेष्टको श्रृखला एक शुन्यले जितेपछि इंग्ल्याण्ड अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जारी गरेको विश्व टेष्ट क्रिकेट च्याम्पियनसिपको अंक तालिकामा तेस्रो स्थानमा पुगेको हो ।

तालिकाको शिर्ष स्थानमा भने भारत रहेको छ । दोस्रो स्थानमा अष्ट्रेलिया छ । भारतले नौ खेलमा सात जित र दुई बराबरी सहित ३ सय ६० अंक बटुलेको छ भने अष्ट्रेलियाको १० खेलमा सात जित र दुई हारसँगै २ सय ९६ अंक छ । इंग्ल्याण्डले सवाधिक धेरै १५ खेल खेल्दै २सय ९२ अंकबाट बनाएको छ ।

एक सय ८० अंकका साथ न्यूजिल्याण्ड चौथो स्थानमा छ भने पाकिस्तानको १ सय ६६ अंक छ । त्यस्तै श्रीलंकाले ८० , वेष्ट इन्डिजले ४० र दक्षिण अफ्रिकाले२४ अंक पाएका छन् । अहिलेसम्म बंगलादेशले तीन खेलमा अंकको खाता खोल्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);