न्यूजिल्याण्ड आइसीसी टेस्टको विश्व वरियतामा पहिलो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

न्यूजिल्याण्ड आइसीसी टेस्टको विश्व वरियतामा पहिलो स्थानमा

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आइसीसी टेस्टको विश्व वरियतामा न्यूजिल्याण्ड पहिलो स्थानमा पुगेको छ । आइतबार इंग्ल्याण्डविरुद्ध ८ विकेटको जित निकाल्दै श्रृखलामा कब्जा जमाएको न्युजिल्याण्डले भारतलाई पछि पार्दै न्युजिल्याण्ड १२३ रेटिङसँगै शीर्ष स्थानमा पुगेको हो । भारत भने १ सय २१ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

नयाँ बरियतामा अस्ट्रेलिया तेस्रो, इंग्लयाण्ड चौथो , पाकिस्तान पाचौ रुथामा रहेका छन् । न्यूजिल्याण्डले इंग्ल्याण्डको भूमिमा २२ बर्षपछि टेष्ट श्रृखला जितेको हो । यअसअघि न्यूजिल्याण्डले इंग्ल्याण्डमा १९ सय ९९ मा टेस्ट श्रृखला जितेको थियो ।

श्रृंखला जितेसँगै आगामी १८ तारिखदेखि इंग्ल्यान्डमै भारत विरुद्ध हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि न्युजिल्याण्डले पहिलो वरियतामा रहेर खेल्ने छ । न्युजिल्याण्डसँग फाइनल खेल्नुअघि दोस्रो स्थानमा झरेपछि भारतीय टोलीमा मनोबैज्ञानिक असर पर्ने आंकलन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);