फिफाको वरियतामा नेपालको स्थान यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फिफाको वरियतामा नेपालको स्थान यथावत

nepali football-fifa ranking

काठमाडौं, २५ मंसिर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहिबार सार्वजनीक गरेको वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको छ ।

पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल नखेलेको नेपालको वरियता समेत स्थिर रहेको हो ।नेपाल सहितका दक्षिण एसियाली देशले अन्तराष्ट्रिय फुटबल खेल्न पाएका छैनन् । सोही कारण सबैको वरियता यथावत रहेको छ । तर बंगलादेश भने वरियतामा दुई स्थान तल झरेको छ ।

गत हप्तामात्र बंगलादेशले विश्वकप छनोटमा कतारसंग खेल गुमाएको थियो । सोही कारण बंगलादेशको वरियता तल खस्किएको हो ।दक्षिण एसियाली देशमध्य नेपाल भन्दा माथि रहेको माल्दिभ्सको १ सय ५५ औं स्थानमा छ ।

भारत १ सय ४ औं स्थानमा रहेको छ ।नेपाल भन्दा तल रहेको दक्षिण एसियाली देश बंगलादेश १ सय ८६ औं स्थानमा छ ।

यस्तै, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा छ ।विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र ईङ्ल्याण्ड चौथो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);