फिफाको महिला वरीयतामा नेपाल एक स्थान तल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फिफाको महिला वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको महिला वरीयतामा नेपालको स्थान खस्किएको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय १ स्थानमा रहेको छ । यसअघि नेपाल एक सय स्थानमा रहेको थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपालको महिला फुटबल २१ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत विश्व वरियताको ५७ औं स्थानमा रहेको छ ।

महिला विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै स्विडेन दोस्रो स्थानमा उक्लदा जर्मनी तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्ड्स चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेका छन् । त्यस्तै क्यानडा छैठौं, ब्राजिल सातौं, इंग्ल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १० औं स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);