एन्फाद्वारा शहीद स्मारक सी डिभिजन लिग फुटबल छनोट प्रतियोगिताको तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एन्फाद्वारा शहीद स्मारक सी डिभिजन लिग फुटबल छनोट प्रतियोगिताको तालिका सार्वजनिक

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।

एन्फाले शुक्रबार सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाडौँ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् ।

त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ ।

प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् । समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई÷दुई क्लब रहेका छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);