’बी’ डिभिजनको उद्घाटन खेलमा ब्वाईज युनियन र श्री कुमारी भिड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

’बी’ डिभिजनको उद्घाटन खेलमा ब्वाईज युनियन र श्री कुमारी भिड्ने

b division league draw

काठमाडौं, ७ फागुन । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा ब्वाईज युनियन र श्री कुमारी क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा ब्वाईज युनियन र श्री कुमारी भिड्ने भएका हुन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल यहि फागुन ११ गते हुनेछ । लिग आगामी चैत २३ गते सकिनेछ । यसपाली बी डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

विजेता टोली ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने पुछारमा रहने टोली ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

boys union b division

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);