'ए' डिभिजन लिग आजबाट, उद्घाटन खेलमा मछिन्द्र र ब्रिगेड भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘ए’ डिभिजन लिग आजबाट, उद्घाटन खेलमा मछिन्द्र र ब्रिगेड भिड्दै

A division league

काठमाडौं, २८ मंसिर । सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।

उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

लिग अवधिभर कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । हरेक खेलको म्यान अफ दि म्याचलाई केल्मी ५० हजार र सिजनको फेयर प्ले टिमले १ लाख पाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);