जापानसँग नेपाल निलो ४-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जापानसँग नेपाल निलो ४-० ले पराजित

काठमाडौं, २७ मंसिर । जापानको यू २२ फुटबल टोलीले नेपाललाई हराएको छ ।  शुक्रबार दशरथ रंगशालामा नेपाल निलो संग खेलेको जापानको यू २२ को टोलीले ४ शुन्यको गोल अन्तरले हराएको हो ।

नेपालमा फुटबल लिगको टोलीबीचको मैत्रीपूर्ण खेल खेल्न जापानको यू२२ को टोली काठमाडौँ आएको छ । हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी समेटेर बनाइएको नेपाल निलो टोलीको कप्तानी भोला सिलवालले गरेका थिए ।

आज भएको खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थपेको थियो । मासाहिको सुगिताको गोलमा जापानले अग्रता लिएको थियो ।

४९ औं मिनेटमा उनैले अग्रता दोब्बर पारे । सतोशी सुनोमाताले गोल गर्दै जापानी टोलीको अग्रता फराकिलो पारे । तोशिकी सासाकीले ७४ औं मिनेटमा गोल गर्दै ४-० जित पक्का गरेका थिए । जापानी टोलीले शनिवार दोस्रो मैत्रीपूर्ण खेल गत वर्षको लिग च्याम्पियन मनाङ सँग खेल्ने तालिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);