सुपर लिगको उपाधी काठमाडौं रेजर्सले पायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुपर लिगको उपाधी काठमाडौं रेजर्सले पायो

काठमाडौं । मुलुकको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगको उपाधी काठमाडौं रेजर्सले जितेको छ ।शनिबार दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १–० गोलले पराजित गरेको हो ।

काठमाडौं रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं मिनेटमा गोल गरेका थिए । च्याम्पियन बनेसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड जितेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त गरेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता थियो ।राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले–अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए। एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले भाग लिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);